गोहीको सवारी

बुधबार, ०८ असार २०७३, १२ : ५४ शुक्रवार , Kathmandu
गोहीको सवारी

अस्ट्रेलियाको क्विन्सल्यान्डमा बस्ने एक व्यक्ति शानले गोहीमा सवार हुन्छन् । उनी रब ब्रेडल हुन् । ६५ वर्षीय रबमाथि गोहीसहित अनेक जनावरले ४० चोटिभन्दा बढी हमला गरिसकेका छन् । तर, उनी जनवारको टोकाइलाई ‘लभ बाइट्स’ भन्छन् । उनी १ सय ७५ एकड क्षेत्रफल भएको वन्यजन्तु निकुञ्जमा आफ्नो भतिजासँग बस्छन् ।

हरेक दिन करिब २० जना आगन्तुक निकुञ्जमा आउँछन् । रब उनीहरूलाई जनावरसँग सम्बन्धित जानकारी दिन्छन् । उनीहरू जनावरहरूसँग यति निकट रहन्छन् कि कहिलेकाहीँ उनको जिन्दगी नै खतरामा परेको हुन्छ । वन्यजन्तु निकुञ्जमा बस्नु र पर्यटकलाई घुमाउनु उनको पारिवारिक पेशा हो । उनका बाबुले यो निकुञ्ज स्थापना गरेका थिए ।

Leave A Comment