पत्थर बन्दै मान्छे

बुधबार, ०८ असार २०७३, १२ : ५६ शुक्रवार , Kathmandu
पत्थर बन्दै मान्छे

अनौठो रोगबाट पीडित छन् रमेश दर्जी । उनको शरीर पत्थरमा बदलिइरहेको छ । उनका आमाबुबा असाध्यै दुःखी छन् । बाग्लुङ घर भएका उनको अहिले उपचार भइरहेको छ ।
रमेशका बाबु नन्दले ‘डेली मेल’ लाई बताएअनुसार जन्मेको १५ दिनपछि नै उनको छाला कालो हुन थाल्यो । ‘छोरालाई यो के भयो भनेर हामी आत्तियौँ,’ नन्दले डेली मेलसँग भने, ‘उसलाई बाग्लुङकै एक डाक्टरकहाँ लिएर गयौँ ।’ डाक्टरले रमेशलाई फंगल इन्फेक्सन भएको बताए । उनी पाँच वर्षको भएपछि उनलाई साह्रै पीडा हुन थाल्यो । उनलाई ‘इच्थ्योसिस’ नामक रोग लागेको हो ।
रमेशका बाबु नन्द ज्याला–मजदुरी गरेर घर चलाउँछन् । छोराको उपचार खर्च जुटाउन सम्भव थिएन । गायक सञ्जय श्रेष्ठले रमेशको एउटा भिडियो सोसल साइटमा अपलोड गरिदिए र सहयोगको अपिल गरे । ब्रिटिस गायक जोस स्टोनसम्म यो सन्देश पुग्यो । उनको फाउन्डेसनले काठमाडौँमा कन्सर्ट गरायो । यसबाट १ लाख ३३ हजार रुपैयाँ उठ्यो । अहिले रमेशको उपचार भइरहेको छ ।

Leave A Comment