मृतकका लागि होटल

शुक्रबार, ०८ पुष २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
मृतकका लागि होटल

जुनसुकै व्यवसाय पनि जीवित मानिसलाई लक्ष्य गरेर सञ्चालन गरिन्छ । तर, जापानमा एउटा यस्तो पाँचतारे होटल छ, जसको ग्राहक मृतक मानिस  हुन्छन् ।
जापानको योकोहामामा रहेको ‘लास्टेल कप्र्स’ नाम गरेको यो पाँचतारे होटलमा ग्राहक बनेर पुग्ने शवलाई होटलका मानिसले ठूलो सत्कार गर्छन् । त्यस्तो भव्य सत्कार जीवितले बिरलै पाएका हुन्छन् । शवलाई ‘रिसिभ’ गर्न, राम्रो ठाउँमा राख्न, शववरिपरि अनेक सुगन्धित अत्तर छर्न सयौँ कर्मचारीलाई होटलले खटाउने गरेको छ ।
शवका लागि किन होटल खोलियो त ? यसको कहानी रोचक छ । जापानमा मृतकलाई समाधिस्थ गर्ने संस्कार छ । तर, यहाँ समाधिस्थलको अभाव हुन थालेकाले मृतकलाई समाधिस्थ गर्नुभन्दा करिब चार दिनअघि नै समाधिस्थलको ठाउँ बुक गर्नुपर्ने चलन जापानमा पछिल्लो समय सुरु भएको छ । ‘त्यतिञ्जेलमा शव सड्ला भनेर होटलमा लगिन्छ । शवलाई  नसड्ने किसिमको प्रविधि प्रयोग गरेर दुरुस्त राखिन्छ । त्यही भएर यो होटलमा मृतकलाई ल्याउने गरिन्छ,’ समाचारमा भनिएको छ ।

Leave A Comment