अस्पतालमा सुपरहिरो

बुधबार, ०८ असार २०७३, १२ : ५६ शुक्रवार , Kathmandu
अस्पतालमा सुपरहिरो

ब्याटम्यान, स्पाइडरम्यान, आइरनम्यान आदि सुपरहिरो फिल्ममा देखिन्छन् । उनीहरू अस्पतालमा देखिए भने के हुन्छ ? रमाइलै हुन्छ । अल्बानियामा १ जुनमा एउटा अस्पतालमा थुप्रै सुपरहिरो आए । उनीहरूलाई देखेर अस्पतालका बिरामी साह्रै खुशी भए ।

खासमा, १ जुनमा अन्तर्राष्ट्रिय बालदिवस थियो । थुप्रै बालबालिकाले अस्पतालमा भर्ना भएका कारण बालदिवस मनाउन नपाउने भएका थिए । यस्तोमा अल्बानिया प्रहरीले ती बच्चालाई ‘सरप्राइज’ दिनका लागि सुपरहिरो बन्ने निर्णय ग¥यो । पुलिस कर्मचारीहरूले सुपरहिरोका पहिरनमा अस्पताल गएर बच्चाहरूलाई भेटे र उनीहरूलाई ‘चाँडो निको हुनू है’ भनेर शुभेच्छा व्यक्त गरे । सोसल साइटमा प्रहरीको यस प्रयासलाई साह्रै सहराइएको छ ।

 

Leave A Comment