लुट्नुअघि नै पक्राउ

आइतबार, १० पुष २०७३, ११ : २२ शुक्रवार , Kathmandu
लुट्नुअघि नै पक्राउ

अमेरिकी राज्य क्यालिफोर्नियाको डानभिल्ले भन्ने शहरका दुई मानिस कारमा थिए । कारभित्र बसेर उनीहरू छेवैमा रहेको ब्रदर्स बीबीक्यू रेस्टुरन्टमा लुटपाट मच्चाउने योजना बनाइरहेका थिए ।
योजना बनाउने व्यक्ति थिए, रोबर्ट बर्न र डेभिड ग्रिस्बी । योजना बनाउन नभ्याउँदै प्रहरीले आएर उनीहरूलाई कारभित्रैबाट पक्राउ ग¥यो ।
उनीहरूले एकआपसमा छलफल गरेको कुरा प्रहरीले कसरी चाल पायो भन्नेबारे समाचारमा भनिएको छ, ‘कुराकानीकै क्रममा एकजनाको मोबाइलबाट ९११ नम्बरमा आफैँ डायल भएछ । यो नम्बरमा  आपत्कालका बेला प्रहरीलाई फोन गरिन्छ । फोन उठाएर सुन्दा प्रहरीले दुई व्यक्तिले रेस्टुरेन्टमा लुटपाट मच्चाउने योजना बनाइरहेको चाल पायो । त्यसपछि सोही रेस्टुरेन्टमा भोजनरत एक प्रहरी अधिकारीलाई उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी कार्यालयले निर्देशन दियो ।’ प्रहरी प्रशासनको यस्तो चुस्त कदमको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

Leave A Comment