युनाइटेड एफए कपकाे फाइनलमा

बुधबार, १५ बैशाख २०७३, ०७ : ४३
युनाइटेड एफए कपकाे फाइनलमा

पेरिस-दश खेलाडीमा सिमित पेरिस सेन्ट जर्मन (पिएसजी)ले शनिबार लिलेलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको उपाधी जितेको छ । लगातार तेस्रो पटक च्याम्पियन बनेको पिएसजीको यो किर्तिमानी छैटौं उपाधि हो।

घरेलु लिगको उपाधी जितिसकेको पिएसजीले ४०औं मिनेटमा जाभिएर पोस्टोरेको गोलबाट अग्रता लिएको थियो । उनलाई लाभ्यिन कुर्जबाले गोलको अवसर मिलाइदिएका थिए । तर दोस्रो हाफको पाँचौ मिनेटमा डिजिब्रिल सिदिबेले फ्रि–किकमा गोल गर्दै लिलेका लागि बराबरी गोल फर्काएका थिए । ७०औं मिनेटमा एड्रियान रबियोटले दोस्रो पहेलो कार्ड सामना गरेपछि घरेलु टोली पिएसजी १० खेलाडीमा सिमित बनेको थियो । तर एन्जेल डी मारियाले खेल सकिन १६ मिनेट बाँकी रहँदा गोल गरेपछि पिएसजीले उपाधी उचालेको हो । जारी सिजनमा डी मारियाको यो १५औं गोल हो ।

मार्सेललाई हराउदै फ्रेन्च कपको पनि उपाधि उचाल्ने लक्ष्यमा रहेको लाउरेन्ट ब्लांकको पिएसजीले शनिबारको जितसँगै च्याम्पियन्स लिगमा बेहोरेको हारको घाउमा मलम लगाएको छ । फ्रेन्च कपको उपाधी जिते टोलीले जारी सिजन तीन उपाधी भित्राउने छ । पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

'दश खेलाडीमा सिमित हुनाका बावजुद हामीले जित निकाल्यौं,' पिएसजीका प्रशिक्षक ब्लांकले भने, 'हामी फ्रेन्च कपको उपाधि जितेर जारी सिजनको सुखद अन्त्य गर्न चाहन्छौं । अहिले हामीले लिग कप जितिसकेका छौं । अब खेलाडी फ्रेन्च कपका लागि उत्साहित छन् ।'

'हामी धेरै दुखित छौं,' लिलेका प्रशिक्षक विङगर बाउफलले भने, 'पेरिसलाई बधाई छ । १० खेलाडीमा सिमित भएर पनि उनीहरुले आफूलाई प्रमाणित गरे । हामी बलियो टोलीसँग पराजित भएका छौं ।'

१२ महिनाअघि पाँचौं पटक लिग कप जित्ने क्रममा पिएजीले बास्टियनलाई ४–० ले हराएको थियो । अर्कोतर्फ लिलेले पहिलो पटक लिग कपको फाइनल खेलेको थियो । 'यो निकै कठिन रह्यो र हामी एकदमै निराश भएका छौं,' लिलेका विङ्गर बौफालले भने,' हामी पिएसजीलाई बधाई दिन चाहन्छौं । दश जना भएरपनि उनीहरुले आफुलाई उत्कृष्ट साबित गरेका छन् । हामी बलियो टोलीसँग पराजित भएका छौं ।'

ब्लांकले लुकास माउरासँगै याल्टान इब्राहिमोबीच र डि मारियालाई अग्रपक्तिमा उतारको थिए भने इडिन्सन काभानीलाई बेन्चमा सिमित राखेको थिए । मार्को भिराटीलाई भने परिवर्तन गर्ने खेलाडीको सुचिमा राखेका थिए । खेल सुरु भएको २१ मिनेटमै पिएसजीले अग्रताको मौका पाएको थियो । इब्राहिमोबीचले मिलाइदिएको पासलाई डी मारियाले प्रहार गरेपनि विपक्षी गोलकिपरले रोकेका थिए ।

Leave A Comment