डमीको उद्धार

सोमबार, ११ पुष २०७३, ०१ : २१ शुक्रवार , Kathmandu
डमीको उद्धार

अमेरिकाको उत्तरी क्षेत्रमा अहिले पानी जम्ने खालको जाडो छ । यस्तोमा अमेरिकाको हड्सन शहरमा गत साता बरफले छोप्न पुगेको कारबाट एउटा डमीको उद्धार गरिएको छ ।
गत शुक्रवार त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस थियो । केही  बेरमा नचली बसेको खण्डमा कार, बस आदि बरफले ढाकिने खालको अवस्था थियो ।
त्यस्तैमा बरफले छापिएको एउटा कार छेउबाट गुज्रिएका बटुवाले कारभित्र फसेकी एउटी वृद्धालाई देखे । ‘ती वृद्धाले मुखमा अक्सिजन मास्क लगाएकी थिइन् । ड्राइभिङ सिटमा बसेर उनले गाडीको स्टियरिङ समाएकी थिइन् । उनको प्राण संकटमा परेको ठानेर मैले आपत्कालीन अधिकारीलाई खबर गरेँ,’ समाचारमा बटुवालाई उद्धृत गरिएको छ ।
केही क्षेणमै प्रहरीले आएर कारको ढोका तोडी ती वृद्धालाई बाहिर निकाल्यो । त्यसपछि पो थाहा भयो, उद्धार गरिएको ज्यान डमीको पो रहेछ ।
यो सब भइसकेपछि कारमालिक घटनास्थलमा आइपुगे र प्रहरीसँग ‘मेरो कार किन तोडेको’ भन्दै निहुँ खोज्न थाले । आफूले मेडिकलसम्बन्धी अनुसन्धानका निम्ति डमीलाई कारभित्र राखेको बताए । तर, प्रहरीले यसरी झुक्याउने गरी आइन्दा सार्वजनिक ठाउँमा यस्ता हर्कत नदोहो¥याउन कारमालिकलाई चेतावनी दिएको समाचारमा जनाइएको छ ।

 

Leave A Comment