हतकडीधारीको यस्तो करामत

बुधबार, १३ पुष २०७३, १० : ०२ शुक्रवार , Kathmandu
हतकडीधारीको यस्तो करामत

चलिरहेको वासिङ मेसिनमाझबाट कोही मानिस वारपार हुन सक्ला ? यस्तो प्रयत्न गरेमा वासिङ मेसिनभित्र चल्ने पंखाले मानिसलाई घाइते बनाउने लगभग पक्का हुन्छ । तर, अमेरिकाका रिक माइसेलले चलिरहेको वासिङ मसिनमाझबाट गुज्रिएर सबैलाई चकित पारेका छन् । त्यसपछि दुवै हात हतकडीले बाँधेर उनले वासिङ मेसिन पार गरेकाले अहिले उनी जताततै आश्चर्यको विषय बन्न पुगेका छन् । यस्ता खालका साँघुरा र डरलाग्दा ठाउँबाट फुत्किएर स्टन्ट प्रदर्शन गर्न माहिर रिकले यसअघि पनि आङ सिरिङ्ङ पार्ने कैयौँ करामत गरिसकेका छन् । वासिङ मेसिनबाट बाहिर निस्केपछि उनले भने, ‘म संसारको जुनसुकै वासिङ मेसिनभित्रबाट पनि फुत्किन सक्छु । तर, त्यसको ढोका कम्तीमा १४ इन्चको र ड्रम २७ इन्चको हुनुपर्छ,’ उनले भने ।

Leave A Comment