पढ्ने चाहना हुनुपर्छ

बिहिबार, १४ पुष २०७३, ११ : २५ शुक्रवार , Kathmandu
पढ्ने चाहना हुनुपर्छ

सुरेन्द्रविक्रम प्रजापति
प्रिन्सिपल
विनायक शिक्षा निकेतन, भक्तपुर

-   विद्यार्थीमा पढ्ने चाहना हुनुपर्छ ।
-    विद्यार्थीले वर्तमानबारे मात्र होइन, भविष्यबारे पनि सोचेर पढ्नुपर्छ ।
-   मेहनत गर्न पछि हट्नु हुँदैन ।
-    आफ्नो पढाइ नै बिग्रने गरी इन्टरनेट र फेसबुक प्रयोग गर्नु हुँदैन ।
-     स्वस्थ खानपिनमा ध्यान दिनुपर्छ । जंकफुड, जाँडरक्सी र चुरोटजस्ता कुलतबाट टाढा बस्नुपर्छ ।
-    साथी, अभिभावक र गुरु सबैप्रति सकारात्मक हुनुपर्छ ।
-    कसैको लहैलहैमा नलागेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ ।
-    आफूभन्दा ठूलाको कुराहरू सुनेर सल्लाह लिने बानी गर्नुपर्छ ।
-    जाँचका लागि मात्र नभई ज्ञान प्राप्त गर्न पढ्नुपर्छ ।
-    सामाजिक विषयमा ९९ अंक प्राप्त गरेको छ तर समाजमा घुलमिल हुन सक्दैन भने त्यो पढाइ काम लाग्दैन ।
-    कक्षा कोठामा ध्यान दिएर शिक्षकले पढाएको कुरा सुन्ने र प्रश्न गर्ने बानी बसाल्नुपर्छ ।
-    गल्ती स्वीकार गरी सुधार्ने प्रयास गर्नुपर्छ ।
-    असल विद्यार्थी हुनका लागि असल साथीको संगत गर्नुपर्छ ।
-    बिहान उठ्नेबित्तिकै दिनभरिको योजना बनाउनुपर्छ ।
-    जीवनप्रति सधैँ सकारात्मक हुनुपर्छ ।

 

Leave A Comment