लुगा लगाउनै बिर्सिएपछि

शुक्रबार, १५ पुष २०७३, १० : ५७ शुक्रवार , Kathmandu
लुगा लगाउनै बिर्सिएपछि

अफ्रिकी देश मलावीको एयरपोर्टमा गत साता एउटा रोचक घटना भयो । एयरपोर्टमा एक व्यक्ति पेन्टी मात्र पहिरिएर देखा परे । उनका साथमा केही थान सुटकेस थिए ।
यसरी पेन्टी मात्रै लगाएर एयरपोर्ट पुग्ने व्यक्ति हुन्, ग्रेग बनाटाइन । मलावीबाट दक्षिण अफ्रिकाको शहर जोहानसबर्गसम्म यात्रा गर्न उनी त्यस्तो पहिरनमा एयरपोर्ट पुगेका थिए ।
विमानस्थलमा सुरक्षाकर्मीले प्लेनमा यात्रा गर्न नांगै आउनुको प्रयोजनबारे सोधे । जवाफमा उनले लुगा लगाउन आफूले बिर्सिएको बताए । जोहानसबर्गनिवासी उनी पेशेवर पौडीबाज हुन् । पौडीसम्बन्धी एउटा प्रतियोगितामा सहभागी हुन उनी मलावी आएका थिए ।
‘प्लेन छुट्ने समय हुन लागेको भन्दै हामीलाई लिन गाडी आइपुग्यो । हतारहतार मैले सामान प्याक गरेँ र गाडीमा चढेँ । यसरी हतार गर्दा लुगा लगाउन भुसुक्कै बिर्सेछु ।’ यही अवस्थामा उनी मलावीबाट जोहानसबर्ग पुगेका थिए ।

Leave A Comment