‘कुनै कुनै गीतले रुवाउँछन्’

शुक्रबार, १५ पुष २०७३, ११ : २० शुक्रवार , Kathmandu
‘कुनै कुनै गीतले रुवाउँछन्’

रेश्मा पुन, गायिका

अहिलेसम्म कति गीत गाउनुभयो ?
२५/३० वटा गाएँ ।
एल्बम निकाल्नुभएको छैन ?
अहिले एल्बम गर्नु भनेको दुःख र खर्च मात्रै हो ।
गाउन केले प्रेरित ग¥यो ?
गीत गाउनु मेरो सानैदेखिको सोख हो । मेरो परिवारले पनि मेरो रहरमा साथ दियो । त्यसमाथि ‘नेपाल आइडल’को विजेता बनेपछि ममा गीत गाउने हुटहुटी बढेर आयो ।
पहिलो गीत कहिले रेकर्ड गर्नुभयो ?
२०६८ सालतिर एउटा लोकल फिल्मका लागि गीत गाएकी थिएँ ।
गीत सुनेर रुनुभएको छ ?
थुप्रै पटक रोएकी छु । विरहका गीत सुन्दा थुप्रै पटक आँशु झारेकी छु । कुनै कुनै गीतको सामथ्र्य नै यस्तो हुन्छ कि तिनले रुवाइहाल्छन् ।
तपाईंको सपना के छ ?
राम्रा संगीतकारहरूसँग काम गर्न मन छ । गीतमार्फत फरक पहिचान बनाउने सपना छ ।
प्रस्तुतिः राधिका

Leave A Comment