अरुण थापालाई सम्झिइयो

बिहिबार, १५ साउन २०७७, ०१ : २५ शुक्रवार
अरुण थापालाई सम्झिइयो

कम गीत गाए पनि एकसेएक लोकप्रिय गीत गाएका अरुण थापाको २१ औँ स्मृति दिवस मनाइयो। 
करोडौं मुटुहरुको एउटै, चोट के हो व्यथा के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न जस्ता सुपरडुपर गीतहरु गाएका थापाको सम्झनामा गएको साउन ५ मा ‘शुभारम्भः द म्युजिकल जर्नी’ले सम्झिएको हो।

भक्तपुरमा गायक थापालाई सम्झनका लागि कोरोना प्रभावबाट जोगिन सामाजिक दुरी कायम गरिएको आयोजकले बताएको छ। 

कार्यक्रमलाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। 

कार्यक्रममा अरुण थापाका ९ वटा गीतलाई भक्तपुरका स्थानीय कलाकार गौतम श्रेष्ठ, विनय कोजु, अञ्जना श्रेष्ठ, नवीन्द्रलाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले लगायतले गाएका थिए। 

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मी, सुवासचन्द्र ढुङ्गेल लगायतका व्यक्तित्वको उपस्थिति थियो।

 

Leave A Comment