सप्तरङ्ग २ को क्याप्टेन राजेश हमाल

बिहिबार, २१ कार्तिक २०७६, १२ : २८ शुक्रवार
सप्तरङ्ग २ को क्याप्टेन राजेश हमाल

सात प्रदेशबीच सद्भाव कायम गर्न सातै प्रदेशमा आयोजित ‘सप्तरङ्ग’  सांगीतिक अभियान सफल भएपछि पर्यटन प्रवद्र्धनको उद्देश्यले ‘सप्तरंङ्ग २’ शुरू भएकाे छ । गृष्मा ब्रोर्डकास्टिङकाे अायाेजनामा शुरू भएकाे कार्यक्रम बिहीबार बिर्तामाेडबाट शुरू भयाे ।

बिर्तामाेडमा अायाेजित कार्यक्रमकाे प्रारम्भ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले गरेका थिए । दोस्रो शृंखलामा अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जितु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड सहभागी छन्। कार्यक्रम २२ गते वीरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर कार्यक्रमको समापन हुनेछ।

गृष्माका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार सातै प्रदेशमा आयोजित कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीले गर्नेछन्। ‘राष्ट्रियताको कुनै मूल्य हुँदैन भन्ने’ सोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको समेत उनले बताए।

बिर्तामाेडमा अायाेजित कार्यक्रममा सातै कलाकारकाे प्रस्तुती थियाे । कार्यक्रममा स्थानीयकाे उल्लेख्य उपस्थिती थियाे ।

Leave A Comment