पहिरन साटे बेहुलाबेहुलीले

आइतबार, १७ पुष २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
पहिरन साटे बेहुलाबेहुलीले

बिहेमा बेहुलाबेहुली राम्रा पहिरन लगाएर उपस्थित हुने गर्छन् । तर, चीनमा सबैलाई रमाइलो हुने गरी एक जोडीले बेग्लै तरिकाले बिहे गरेका छन् ।
बिहेमा बेहुलाको पहिरन बेहुलीले लगाएकी थिइन् भने बेहुलीको गाउन बेहुलाले लगाएका थिए । बेहुलाबेहुलीले पहिरन अदलीबदली गरेको देखेर विवाह समारोहमा उपस्थित सबै छक्क परेका थिए । बेहुलाको नाम हु सुआइ हो भने बेहुलीको नाम वु किन हो ।
बेहुलीको इच्छाअनुसार आफूहरूले विवाहको पहिरन साटासाट गरेको बेहुला हुले बताए । ‘उनी अलिक मोटी छिन् । बेहुलीको गाउनमा आफू खुल्छु जस्तो उनलाई लागेन । त्यही भएर उनले बेहुलाको पहिरन लगाएर विवाह समारोहमा उपस्थित हुने मनसाय बनाइन् । मैले स्वीकार गरेँ र उनका लागि खरिद गरेको गाउन लगाएँ,’ हुले भने ।

Leave A Comment