सञ्जालमा छाइरहने सन्की

सोमबार, १८ पुष २०७३, १० : ०० शुक्रवार , Kathmandu
सञ्जालमा छाइरहने सन्की

अस्ट्रेलियामा ट्राभर्स बेनोन नाम गरेका एक सन्की मान्छे बस्ने गर्छन् । उनका सन्की हर्कतलाई लिएर विभिन्न अनलाइनले समाचार बनाइरहन्छन् । उनका हर्कत वास्तवमै अनौठा हुन्छन् ।
उनी आफूलाई ‘प्लेब्वाई’ सम्झन्छन् । नग्न तथा अर्थनग्न युवतीहरूसँग मोजमस्ती गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा अप्लोड गरेर मख्ख पर्ने गर्छन् ।
एकपटक उनले पत्नी र अर्की एक युवतीलाई कुकुरझैँ व्यवहार गरेका थिए । दुवै महिलाको घाँटीमा डोरीले बाँधेर कुकुरलाई डुलाउन हिँडेझैँ गरी उनी हिँडेका थिए । यस्ता खालका तस्बिरसमेत उनले सामाजिक सञ्जालमा हालेका थिए, जसका कारण उनको चौतर्फी आलोचना भएको थियो । ट्राभर्स आफूलाई ऐयासी पुरुष ठान्छन् र स्त्रीहरू आफू भनेपछि हुरुक्क हुन्छन् भन्ने ठान्छन् । तर, धेरैले उनलाई सन्की र मानसिक सन्तुलन सही नभएको व्यक्तिका रूपमा लिने गर्छन् ।

 

Leave A Comment