सान्ता बनाएर कीर्तिमान

सोमबार, १८ पुष २०७३, १० : ५४ शुक्रवार , Kathmandu
सान्ता बनाएर कीर्तिमान

बालुवाको कलाकृति बनाउने भारतका एक कलाकारले क्रिसमसको छेक पारेर सान्ताका आकृति बनाई विश्व कीर्तिमान कायम गरेका छन् । सुदर्शन पटनायकले क्रिसमसको अवसरमा एक हजार वटा बालुवाका सान्ता बनाएर कीर्तिमान कायम गरेका हुन् । उनको कीर्तिमानलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले मान्यता दिएको छ ।
केही विद्यार्थीहरूको सहयोगमा उनले यति धेरै बालुवाका मूर्ति बनाएका थिए । यसअघि सन् २०१२ मा उनले सान्ताका पाँच सय वटा मूर्ति बनाएर विश्व कीर्तिमान कायम गरेका थिए । अहिले आएर उनले आफ्नै कीर्तिमान भंग गरेका हुन् । यसका लागि उनले आफूले सञ्चालन गरेको ‘स्यान्ड आर्ट स्कुल’का ३५ विद्यार्थीको सहयोग लिएका थिए । ती मूर्ति बनाउन उनलाई चार दिन लागेको थियो ।

 

Leave A Comment