आमाले नंग्याइन् किमलाई

शुक्रबार, १० असार २०७३, १२ : ४५ शुक्रवार
आमाले नंग्याइन् किमलाई

अमेरिकी मोडल तथा अभिनेत्री किम कार्दसियन न्युड फोटो सुट गराउन माहिर छिन् । म्यागजिनका लागि मात्र नभई सामाजिक सञ्जालका लागि पनि बेलाबेलामा नग्न फोटो खिचाउने गरेकी उनले आमाले गर्दा आफूले नग्न फोटो खिचाउन सुरु गरेको खुलासा गरेकी छिन् ।
‘सुरुमा मलाई ‘प्लेब्वाई’ म्यागजिनबाट नग्न फोटो खिचाउन प्रस्ताव आयो । आमाले मनाएपछि  प्रस्ताव स्वीकार गर्न म राजी भएँ,’ किमले भनिन् । सुरुमा क्यामेराअगाडि कपडा खोलेर प्रस्तुत हुन ज्यादै अप्ठेरो लागेको उनले बताइन् । ‘तर, अहिले असहज लाग्दैन, नांगिएर फोटो खिचाउनु कुनै ठूलो काम हो जस्तो अहिले फिटिक्कै लाग्दैन,’ उनले भनिन् । यसअघि किमले बाँचुञ्जेल आफूले यसरी नै नग्न फोटो सार्वजनिक गरिरहने बताएकी थिइन् ।

 

Leave A Comment