घरभरि बिरालो

सोमबार, १८ पुष २०७३, ११ : २६ शुक्रवार , Kathmandu
घरभरि बिरालो

जस्तै धुरन्धर बिरालोप्रेमीले पनि घरमा कतिवटा बिरालो पाल्दो हो ? तीन वटा ? पाँच वटा ? अथवा दश वटा ? यी सबै अनुमानलाई गलत साबित गर्दै भारतको गुजराज राज्यनिवासी उपेन्द्रभाइले घरमा १ सय २८ वटा बिरालो पालेका छन् ।
गुजरातको गान्धीधामनिवासी उपेन्द्रभाइले घरमा पालेका बिरालो विभिन्न प्रजातिका छन् । बिरालो खरिद गर्नदेखि उनीहरूका लागि रहनेबस्ने व्यवस्था मिलाउन उनले झण्डै ६५ लाख रुपैयाँ खर्चिएका छन् ।
‘केही वर्षअघि सर्पले डसेर मेरी छोरीको मृत्यु भयो । छोरीको मृत्युपछि उसको जन्मदिन आयो । जन्मदिनमा मृतक छोरीका लागि भनेर मैले बजारबाट केक ल्याएँ । यसरी ल्याएको केक एउटा बिरालोले आएर खाइदियो । त्यसपछि मलाई बिरालो आफ्नी छोरीजस्तै लाग्न थाल्यो र घरमा बिरालो थुपार्न थालेँ,’ उनले भने ।

Leave A Comment