फ्रिडाको छलाङ

शुक्रबार, १० असार २०७३, १२ : ४७ शुक्रवार
फ्रिडाको छलाङ

हलिउड अभिनेत्री फ्रिडा पिन्टोले अभिनय क्षेत्रबाट सामाजिक क्षेत्रमा एकैपटक ठूलो फड्को मारेकी छिन् । ओस्कार विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा काम गरेकी उनी अब अमेरिकी सरकारको पहलमा आरम्भ भएको कार्यक्रम ‘लेट गल्र्स लर्न’मा आबद्ध भएकी छिन् । अब उनले प्रथम अमेरिकी महिला मिसेल ओबामासँग महिला सशक्तीकरणका पक्षमा काम गर्नेछिन् । यसलाई हलिउडसम्बन्धी समाचार र टिप्पणी प्रकाशन गर्ने अनलाइनहरूले फ्रिडाको ठूलै छलाङ मानेका छन् । ‘म महिलाहरूलाई गुणस्तरीय शिक्षा दिलाउने कार्यक्रममा आबद्ध भएकी छु । यो कार्यक्रमअन्तर्गत म राष्ट्रपति ओबामाकी श्रीमती, छोरी आदिसँग लाइबेरिया, मोरक्को, स्पेनलगायत ठाउँमा पुगेर समाजसेवा गर्नेछु,’ उनले भनिन् ।

 

Leave A Comment