‘विद्यार्थीले चिन्ता हैन, चिन्तन गर्नुपर्छ’

बिहिबार, २१ पुष २०७३, १० : २० शुक्रवार , Kathmandu
‘विद्यार्थीले चिन्ता हैन, चिन्तन गर्नुपर्छ’

ज्ञानसागर प्रजापति, सहायक प्रधानाध्यापक
बागिश्वरी उच्च मावि, च्याम्हासिंह, भक्तपुर
-सकारात्मक सोच राख्ने
-सन्तुलित आहारबिहार र खानपानका साथ आफ्नो स्वास्थ्यमा ध्यान दिने
-पाँच/छ घण्टाभन्दा बढी नसुत्ने
-पढ्ने कोठा सफा, सुन्दर, उज्यालो र हावाको सञ्चार हुने खालको हुनुपर्छ
-ओछ्यानमा सुतेर नपढ्ने
-लक्ष्यसहितको अध्ययनमा समर्पित हुने
-कुलत र कुसंगत त्याग्ने
-फेसबुक, टीभी र इन्टरनेटमा धेरै झुण्डिनु पनि कुलत नै हो
-तालिका बनाएर सोही अनुसारको नियमित अध्ययनमा लाग्ने
-नजानेको कुरा सिक्न वा सोध्न नहिचकिचाउने
-साथीहरूको समूह बनाई अध्ययन गर्ने संस्कार बसाल्ने
-साथीले नजानेको अवस्थामा सिकाउन झर्को नमान्ने
-पढेको विषय लेखेर अभ्यास गर्ने
-पाठ्यपुस्तकबाहेक सन्दर्भ सामग्रीको पनि पर्याप्त अध्ययन गर्ने
-पुराना प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्ने
-परीक्षामा उत्तर लेख्दा समय र साइजमा ध्यान दिने
-परीक्षाबारे चिन्ता हैन, चिन्तन गर्ने
-परीक्षाको निर्धारित समयको उपभोग गर्ने, हतार नगर्ने ।

Leave A Comment