रुष्ट युलिया

शुक्रबार, १० असार २०७३, १२ : ४९ शुक्रवार
रुष्ट युलिया

बलिउड अभिनेता सलमान खानकी नयाँ प्रेमिका युलिया वन्तुर हिजोआज रुष्ट छिन् । अरू कोहीसँग नभई उनी सलमानसँग रुष्ट भएकी हुन् ।
सलमानसँग युलिया रिसाउनुको कारण हो– अर्की एउटी युवतीसँग सलमानको बढिरहेको भनिएको निकटता । फिल्म ‘जय हो’ मा सलमानले अभिनेत्री डेजी शाहसँग काम गरेका थिए । अहिले डेजी र सलमानबीचको निकटता बढिरहेको चर्चा बलिउडवृत्तमा चलिरहेको छ । यही चर्चाका कारण युलिया सलमानसँग रुष्ट भएकी हुन् ।
भारतीय पत्रिका ‘मिड–डे’का अनुसार डेजी र सलमानबीचको सम्बन्धलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीले आफूलाई चिन्तित बनाएको कुरा युलियाले सलमान र उनको परिवारसँग समेत सेयर गरिसकेकी छिन् । सलमानले युलियालाई आश्वस्त बनाउन खोजे पनि उनी आश्वस्त हुन नसकेको समाचारमा जनाइएको छ ।

 

Leave A Comment