रेखाको ‘तिमीबिना’

शुक्रबार, २२ पुष २०७३, ११ : १५ शुक्रवार , Kathmandu
रेखाको ‘तिमीबिना’

‘सिमसिमे पानीमा’ बोलको गीतकी गायिका रेखा शाहले ‘तिमीबिना’ बोलको गीत सार्वजनिक गरेकी छिन् । मुम्बईको एसराज स्टुडियोमा एरेन्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत तथा गीतकार भूपेन्द्र खड्काको शब्द रहेको छ । नीतिनकुमार चन्दले निर्देशन गरेको भिडियोमा आयुष्मान देशराज जोशीसँगै गायिका रेखा शाहले अभिनय गरेकी छिन् ।

रुकमानको ‘संशोधन–२०७३’
गायक रुकमान लिम्बूको गीति एल्बम ‘संशोधन–२०७३, सांगीतिक सम्झौता’ सार्वजनिक भएको छ । एल्बममा आठ वटा गीत छन् । एल्बममा ‘हाक्पारे पालम’, ‘तिमीलाई म’, ‘लाउनु लाइयो’, ‘आकाशैमा’ लगायत बोलका गीत रहेका छन् । एल्बममा डम्बर नेपाली, सुरेन्द्र राना, शशि बाङदेल गुरुङ, बिन्द्र नेम्वाङ, राम भट्टराई र याङ्जोम शेर्पाको शब्दरचना रहेको छ भने संगीत डम्बर नेपाली, सचिन सिंह, शशि बाङ्देल गुरुङ, उत्तमजंग लिम्बू र बीबी अनुरागीको छ ।
लोप्चनको ‘झिने चुरा’  
गायक मिलन लोप्चनको दोहोरी गीति एल्बम ‘झिने चुरा’ सार्वजनिक भएको छ । नारायणगढको आँपटारीस्थित पार्कमा एल्बमको विमोचन गरिएको थियो । विरही कार्कीको शब्द तथा लयमा तयार पारिएको गीति एल्बममा महिलातर्फ जुनु रिजालले स्वर दिएकी छिन् ।
हिरादेवी वाइबाका गीत    
लोकगायिका स्वर्गीय हिरादेवी वाइबाका गीत अब नयाँ एरेन्जमेन्टमा आउने भएका छन् । हिरादेवीका ‘फरिया ल्याइदेछन्’, ‘त्यो पनि’, ‘धनकुटाको डाँडैडाँडा’, ‘चल्यो हुलाकी’लगायत गीत अब उनका छोरा÷छोरी नवनीत र सत्यको आवाजमा सुन्न सकिनेछ । वाइबाले तीन सयभन्दा बढी गीत गाएकी थिइन् ।

 

Leave A Comment