सुराचको ‘जिन्दगी’

बिहिबार, २८ पुष २०७३, ११ : २१ शुक्रवार , Kathmandu
सुराचको ‘जिन्दगी’

गायक सुराच प्रसाईंको पहिलो एल्बम ‘जिन्दगी’ सार्वजनिक भएको छ । काशीराज बोहोराको प्रस्तुति रहेको एल्बममा ‘बन्छ नेपाल’, ‘नाइलनको सारी’, ‘जोर मादल’ र ‘जहाँ म संसार देख्छु’ बोलका चार वटा गीत समावेश छन् । ‘बन्छ नेपाल’ र ‘नाइलनको सारी’ गीतका म्युजिक भिडियोसमेत बनेका छन् । एल्बमको बजार व्यवस्थापन द रोयल क्रिएसनले गरेको छ ।

पुष्पाको ‘अभिनव’
गीतकार पुष्पा खनालले पहिलो एकल गीति एल्बम ‘अभिनव’ बजारमा ल्याएकी छन् । म्युजिक संसार प्रालिले बजारमा ल्याएको एल्बममा ‘त्यसैले म आइनँ’, ‘यो आँखाको पानी’, ‘तर्की तर्की नहिँड’ लगायत गीत समावेश गरिएका छन् । एल्बममा अन्जु पन्त, सरोज कोइराला, स्वरूपराज आचार्य, नरेन्द्र प्यासी, रोशनी अधिकारी, गोविन्द मधुर आचार्य, विपना धितालको स्वर रहेको छ । गोविन्द मधुर आचार्य, सरोज कोइराला र यादव योगीले संगीत भरेका छन् ।

आलोकको ‘बाटो’
संगीतकार आलोकश्रीको २५ औँ एल्बम ‘बाटो’ बजारमा आएको छ । आलोकको एल्बममा शर्मिला बर्देवा, रामकृष्ण ढकाल, कालीप्रसाद बाँस्कोटा, जेनिशालगायत गायकगायिकाले स्वर दिएका छन् । राजेन्द्र थापा, एसपी कोइराला, किरण खरेल, श्रीपुरुष ढकाललगायत गीतकारले एल्बमका गीत लेखेका छन् ।

Leave A Comment