‘एल्बममा लगानी गर्नै गाह्रो’

शुक्रबार, २९ पुष २०७३, १० : ४९ शुक्रवार , Kathmandu
‘एल्बममा लगानी गर्नै गाह्रो’

बिन्दु परियार, गायिका

अहिलेसम्म कति वटा गीत रेकर्ड गराउनुभयो ?
फिल्ममा र आधुनिक गरी लगभग १ सय ५० जति गीत रेकर्ड गराए होला ।    
एल्बम ननिकाल्ने ?
एल्बम निकाल्ने रहर त छ तर निकाल्न सकेको छैन । एल्बममा लाग्नेभन्दा बढी खर्च गीत प्रमोसनमा लाग्छ । लगानीका हिसाबले एकदमै गाह्रो छ । पहिला आफूलाई आर्थिक रूपमा मजबुत बनाउँछु । त्यसपछि मात्र एल्बम निकाल्छु ।
गायिका कसरी बनियो ?
सानैदेखि गीतसंगीतमा रुचि थियो । त्यसैले गुरु चण्डीप्रसाद काफ्लेसँग केही वर्ष संगीत सिकेँ ।
गीतसंगीतमा लाग्छु भन्दा परिवारको प्रतिक्रिया कस्तो थियो ?
आमाबाबाको हौसला र प्रेरणाले नै संगीतमा लाग्न सकेँ । श्रीमान्ले साथ दिएकाले संगीतलाई निरन्तर दिइरहेकी छु ।
संगीत के हो ?
मेरा लागि सुर र तालको संयोजन नै संगीत हो । जसले मानिसलाई मोहित बनाउँछ र हरेकको भित्री मन छुन्छ ।
संगीत क्षेत्रमा के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
भविष्यमा संगीतका विद्यार्थीले रियाज गर्न मिल्ने खालका गीत गाउन मन छ ।
प्रस्तुतिः राधिका

 

Leave A Comment