के कुरा गर्छन् कपुर दिदीबहिनी ?

बिहिबार, ०६ माघ २०७३, ०१ : ०५ शुक्रवार , Kathmandu
के कुरा गर्छन् कपुर दिदीबहिनी ?

बलिउड अभिनेत्री सोनम कपुरले ह्वाट्स एपमा अर्की अभिनेत्री करिना कपुरले आफूहरूसँग कस्तो खालको कुराकानी गर्छिन् भन्ने खुलासा गरेकी छिन् । टेलिभिजन कार्यक्रम ‘कफी विद करन’मा करन जौहरसँगको कुराकानीका क्रममा सोनमले यस्तो खुलासा गरेकी हुन् ।
सोनमका अनुसार करिनाले ह्वाट्स एपमा ‘कपुर सिस्टर्स एन्ड कम्पनी’ नाम गरेको ग्रुप नै बनाएकी छिन् । यसमा बलिउडमा सक्रिय कपुर खान्दानका सबै छोरी छन् । करिश्मा, श्रद्धालगायत सबै जना यो ग्रुपमा छन् । ‘त्यो ग्रुपमा सबै जनाले आफ्ना जोडीबारे खुलेर कुराकानी गर्छन् । पति र ब्वाइफ्रेन्डका कुराहरू हुन्छन् । करिनाकै कारणले यसरी हामीबीच नियमित विचार आदानप्रदान सम्भव भएको हो,’ सोनमले भनिन् ।

 

Leave A Comment