राजेशको ‘चमेली’

शनिबार, १५ माघ २०७३, ०१ : १९ शुक्रवार , Kathmandu
राजेशको ‘चमेली’

गायक राजेशपायल राईको ‘चमेली’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी अम्बिका गुरुङले लेखेको गीतमा प्रकाश लेप्चाको संगीत रहेको छ । गीतकार गुरुङको ‘भावसागर–२’ मा समावेश रहेको यो गीतको भिडियो छायांकन अमेरिकामै गरिएको हो । भिडियोमा अभिनेता दिलिप रायमाझी र सुनिक्षा मैनाली फिचरिङमा छन् । गीतको भिडियो निर्देशन अनिशा के क्षत्रीले गरेकी हुन् ।

सरस्वतीको ‘उर्वशी’
गायिका सरस्वती लामा दोस्रो एल्बम ‘उर्वशी’ लिएर स्रोतामाझ आएकी छन् । एल्बममा पाँच गीत छन् । लोकपप, आधुनिक पप र रकगीत समावेश एल्बममा शान्तिराम राई, वसन्त सापकोटा, हरि लम्साल र स्पन्दन राईको संगीत छ । एक दशकदेखि संगीतमा सक्रिय गायिका लामा आफूलाई रक गीत मन पर्ने बताउँछिन् । शास्त्रीय संगीत सिकेकी लामाले आफ्नो गायन क्षेत्र भने रक गीतलाई बनाएकी छन् ।
विपनाको ‘तिम्रै नाउँमा’  
मोडल तथा कोरियोग्राफर विपना थापाले ‘तिमै्र नाउँमा यो जीवन’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । राकेश गुरुङको म्युजिक एरेन्जमेन्ट रहेको गीतमा संगीत तथा शब्द प्रमोद कोइरालाको छ । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा विपनाले अभिनय गरेकी छिन् । उनलाई मोडल समिम खानले साथ दिएका छन् ।
 

 

Leave A Comment