‘नेपाली महिलाको फेसन सेन्स राम्रो छ’

सोमबार, १७ माघ २०७३, ०१ : १६ शुक्रवार , Kathmandu
‘नेपाली महिलाको फेसन सेन्स राम्रो छ’

मिलन्द सोमन, भारतीय मोडल

फेसनसम्बन्धी तपाईंको मान्यता के छ ?
म सजिलोमा विश्वास गर्छु । मैले लगाउने पहिरन फेसनेबलभन्दा पनि सजिलो हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
कस्तो पहिरन रुचाउनुहुन्छ ?
नियमित पहिरनमा जिन्स, खरानी रङको खुकुलो सर्ट वा टिसर्ट लगाउन मन पराउँछु । विशेष अवसरमा भने औपचारिक पोशाक लगाउन रुचाउँछु ।
कत्तिको ब्रान्ड कन्सस हुनुहुन्छ ?
म ब्रान्डभन्दा पनि गुणस्तरमा विश्वास गर्छु । देखाउनका लागि नभई गुणस्तरका आधारमा ब्रान्ड छनोट गर्छु । मैले प्रयोग गर्ने पहिरनमा गुणस्तरले महŒव राख्छ ।
नेपाली महिलाको फेसनबारे के भन्नुहुन्छ ?
मलाई नेपाली महिला एकदमै फेसनेबल र स्टाइलिस लाग्छन् । उनीहरूको फेसन सेन्स राम्रो छ ।
तपाईंको नजरमा बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्री को हुन् ?
कंगना रनोट । उनी फेसनेबलसँगै स्टाइलिस पनि छिन् ।

प्रस्तुतिः जयन सुब्बा मानन्धर

 

Leave A Comment