आमा नबनेपछि पतिको हत्या

मङ्गलबार, १८ माघ २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
आमा नबनेपछि पतिको हत्या

आमा बन्ने रहर सबै महिलालाई हुन्छ । अस्टे«लियाकी एस्टिब्लिज क्याररेन्जलाई आमा बन्ने डरलाग्दो रहर थियो । यस्तो रहर पूरा नभएको झोकमा उनले पति र एक ब्वाइफ्रेन्डको हत्यासम्म गरिन् ।
आइसक्रिम पसल सञ्चालन गर्ने उनले होल्गर होल्जसँग बिहे गरिन् । तर, बिहे गरेको वर्षौंसम्म आमा बन्न नसकेपछि आक्रोशित हुँदै उनले सम्बन्ध विच्छेद गरिन् । तर, श्रीमान्ले आफूलाई छोड्न नमानेपछि उनले गोली हानेर उनको हत्या गरिदिइन् । श्रीमानको शवलाई ससाना टुक्रा बनाएर मिल्काइदिइन् ।
त्यसको दुई वर्षपछि उनी म्यानफ्रेन्ड हिन्टरबर्गर नाम गरेका युवकसँग प्रेममा परिन् । प्रेमीले समेत आफूलाई गर्भवती तुल्याउन नसकेपछि उनले प्रेमीको हत्या गरी ससाना टुक्रा बनाएर डिप प्र्रिmज रेफ्रिजरेटरमा राखिदिइन् । शवका टुक्रा जमेपछि यसलाई घरको भूमिगत तलामा लुकाइन् ।
त्यसपछि उनले अर्को प्रेमी बनाइन्, जसबाट उनी गर्भवती भइन् । तर, उनको आइसक्रिम पसलमा काम गर्ने कर्मचारीले घरको भूमिगत तलामा उनले लुकाएको शवका टुक्रा देखे र पुलिसलाई खबर गरिदिए । अहिले उनी जेलजीवन बिताइरहेकी छिन् ।

 

Leave A Comment