साहसी शमा

मङ्गलबार, १८ माघ २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
साहसी शमा

भर्खरै अभिनय क्षेत्रमा प्रवेश गरेकी भारतीय अभिनेत्री शमा सिकन्दर लाज नमान्ने स्वभावकी छिन् । लाज मान्ने खालकी हुन्थिन् भने उनले रिलिज हुन लागेको फिल्म ‘माया’मा असाध्यै बोल्ड सिन दिने थिइनन् ।
‘माया’को ट्रेलर हालसालै सार्वजनिक भएको छ । फिल्ममा शमाले थुप्रै पटक बोल्ड सेक्स सिन दिएकी छिन् । सो फिल्मलाई विक्रम भट्टले निर्माण गरेका हुन् ।
‘माया’ सुपरहिट हलिउड फिल्म ‘फिफ्टी सेड्स अफ ग्रे’बाट प्रेरित छ । यसमा शमाले पीडायुक्त सेक्स रुचाउने महिला पात्रको भूमिका निर्वाह गरेकी छिन् । ‘फिफ्टी सेड्स अफ ग्रे’मा भड्किलो सिन भएकाले यसलाई भारतका सिनेमा हलमा प्रदर्शन गर्न दिइएको थिएन । ‘माया’ फेब्रुअरीको अन्त्यतिर रिलिज हुने तयारीमा छ ।

 

Leave A Comment