कति महँगो टायर !

आइतबार, १२ असार २०७३, १२ : १६ शुक्रवार , Kathmandu
कति महँगो टायर !

यूएईमा संसारकै सबैभन्दा महँँगो टायर बिक्री भएको छ । कारको टायर साढे चार करोड रुपैयाँमा बिक्री भएको समाचारमा जनाइएको छ ।
भारतीय मूलका एक व्यापारीले सञ्चालन गर्ने जेड कम्पनीले यति महँगोमा टायर बिक्री गरेको हो । कारमा २४ क्यारेटको सुनपानी चढाइएको छ । साथै, यसमा हिराजवाहरातसमेत जडान गरिएको छ । टायरलाई आकर्षक बनाउन इटालीका ज्वेलरी निर्माताको सहयोग लिइएको समाचारमा उल्लेख छ ।  
टायरको डिजाइन यूएईमा भएको, तर निर्माण चाहिँ इटालीमा भएको बताइएको छ । गिनिज बुकले समेत यसलाई ससारकै महँगो टायरको संज्ञा दिएको छ । टायर बिक्रीबाट आएको रकम सामाजिक कार्यमा लगाइने बताइएको छ ।

 

 

Leave A Comment