खरायोभन्दा कछुवा छिटो

आइतबार, १२ असार २०७३, १२ : १७ शुक्रवार , Kathmandu
खरायोभन्दा कछुवा छिटो

नीतिकथामा बिस्तारै घिस्रिने कछुवाले धैर्यधारण गर्दै छिटो कुद्ने कछुवालाई जितेको प्रसंग हामीमध्ये धेरैले सुनेका छौँ । यति हुँदाहुँदै पनि कछुवाले छिटो दौडिने सवालमा खरायोलाई भेटाउँदैन । तर, भारतीय शहर चेन्नईको एउटा चिडियाखानामा यस्तो कछुवा छ, जो खरायोभन्दा पनि तेज दगुर्न सक्छ ।
चेन्नईको वंडालुर चिडियाखानामा रहेको दुई वर्षको कछुवा यति छिटो कुद्ने खालको छ । कछुवा कसरी यति छिटो कुद्न सक्ने भयो भन्नेपछाडि एउटा रोचक कथा लुकेको छ ।
चिडियाखानाका निर्देशक एसएसबीपी रेड्डीका अनुसार केही महिनाअघि चिडियाखानाकै एउटा ठूलो कछुवाले त्यस कछुवामाथि हमला गरेको थियो । हमला गरेपछि सो कछुवाको खुट्टामा घाउ लागेको थियो । घाउको इन्फेक्सन फैलिएपछि डाक्टरहरूले कछुवाको खुट्टा काटेर त्यसको ठाउँमा पांग्रा जडान गरिदिएका थिए । त्यही पांग्राका कारण कछुवा तेज गतिमा दगुर्न सक्ने भएको हो ।  

 

 

 

Leave A Comment