सुक्खा छालाको स्याहार

बुधबार, २६ माघ २०७३, १२ : २२ शुक्रवार , Kathmandu
सुक्खा छालाको स्याहार

लक्ष्मी महत, ब्युटिसियन

धेरैजसो मानिसलाई सुक्खा छालासम्बन्धी समस्याले सताएको हुन्छ । सुक्खा छाला भएकाहरूका लागि टिप्सः

-दिनको १ देखि ३ बजेको समयमा विशेष गरी घामबाट बच्ने कोसिस गर्ने ।
-धूम्रपानले छालामा अक्सिजनको मात्रा कम गर्ने भएकाले यसबाट टाढा रहने ।
-प्रदूषित वातावरणबाट जोगिने ।
-मद्यपान नगर्ने ।
-फास्टफुड, जंगफुडलगायत नखाने ।

-साबुनले छालालाई सुक्खा बनाउने भएकाले साबुनको प्रयोग नगर्ने । 

-प्रत्येक दिन छालाको सरसफाई गर्नुपर्छ ।
  -  सन ब्लक क्रिमको प्रयोग गर्नुपर्छ ।
   -छालालाई नरम बनाउन डिप म्वाइस्चराइजको प्रयोग गर्ने ।
  -  राति सुत्नुअघि पानीले अनुहार सफा गर्ने । त्यसपछि न्युरिसिङ क्रिम लगाउने ।
  -  बिहान बाहिर निस्कनभन्दा १५ मिनेट अगाडि नै सनब्लक क्रिम लगाउने ।
   - आँखा वरिपरिको छालाको स्याहार र सुरक्षाका लागि सन ह्याट, सन ग्लास लगाउने तथा हातको सुरक्षाका लागि पूरा बाहुले लुगा लगाउने ।
     -प्रशस्त मात्रामा पानी पिउने ।
  -  खानामा झोलिलो तरकारी, हरियो सागपातको बढी सेवन गर्ने ।
  -  हरेक दिन व्यायाम गर्ने ।
  -  सही कस्मेटिक सामग्रीको प्रयोग गर्ने ।
   - महिनामा एक पटक फेसियल गर्ने ।
    -बढी सुक्खा छाला छ भने राति सुत्नुअघि जैतुन तेल अथवा बदाम तेल वा भिटामिन ईयुक्त तेलले छालाको मसाज गर्ने ।

 

 

Leave A Comment