आफ्नै कापी जाँच्ने विद्यार्थी

आइतबार, १२ असार २०७३, १२ : १८ शुक्रवार , Kathmandu
आफ्नै कापी जाँच्ने विद्यार्थी

भारतीय राज्य गुजरातमा कक्षा १२ पढ्ने एक छात्रले परीक्षामा आफूले लेखेको कापी आफैँ जाँचेका छन् । यतिमात्र होइन, उनले आफूलाई सयमा सय नम्बर नै दिनसमेत भ्याएका छन् ।
परीक्षा बोर्डले ती विद्यार्थीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएपछि यो रोचक घटना सार्वजनिक भएको हो । यस्तो हर्कत गर्ने विद्यार्थीको नाम हो– हर्षद सरवैया । उनीविरुद्ध चिट चोरेको र अनधिकृत काम गरेको आरोप लगाउँदै कारबाही प्रक्रिया अघि बढाइएको छ ।
परीक्षा बोर्डले सम्बन्धित निकायमा उनीविरुद्ध हालेको उजुरीमा भनेको छ, ‘निज विद्यार्थीले भूगोल र अर्थशास्त्र विषयको परीक्षामा आफूले उत्तर लेखेको कापी आफैँ जाँचेका थिए । कापी जाँच्न उनले साथमा लगेको रातो पेन प्रयोग गरेका थिए । उनले भूगोलमा ३४ र अर्थशास्त्रमा सयमा सय अंक दिएका थिए ।’
उत्तरपुस्तिका जाँच गर्ने क्रममा उनको हर्कत खुलेको परीक्षा बोर्डका सचिव जीडी पटेलल बताए । कापी चेक गरेको कसैले थाहा नपाऊन् भनेर विद्यार्थीले कापीको पहिलो पृष्ठमा कुनै केरमेट नगरेको जानकारी उनले दिए ।

 

 

Leave A Comment