रेस्टुरेन्टको प्रेम दिवस तयारी

बिहिबार, २७ माघ २०७३, १२ : १२ शुक्रवार , Kathmandu
रेस्टुरेन्टको प्रेम दिवस तयारी

भ्यालेन्टाइन्स डेलाई विशेष बनाउन रेस्टुरेन्टहरूले तयारी सुरु गरेका छन् । दरबारमार्ग तथा ठमेलमा रहेका रेस्टुरेन्ट र क्लबले भ्यालेन्टाइन्स थिममा रेस्टुरेन्ट सजाउनेदेखि विभिन्न कार्यक्रम र अफर दिने भएका छन् ।
ठमेलमा रहेको रकर्स म्याजिक रेस्टुरेन्टले प्रेमको प्रतीक मानिने गुलाबको भ्यालेन्टाइन्स डेमा विशेष महŒव हुने भएकाले जोडीलाई गुलाब दिएर स्वागत गर्ने तयारी गरेको सञ्चालक दोर्जे शेर्पाले बताए । रेस्टुरेन्टलाई भ्यालेन्टाइन्स थिममा सजाइने र ‘ड्रिंक्स’ मा ‘स्न्याक्स’ सँगै अन्य छुट पनि दिइने उनले जनाए ।
प्रत्येक वर्ष भ्यालेन्टाइन्स डेमा जोडीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको ठमेल, नर्सिङ चोकमा रहेको ‘फेसेज लाउन्ज बार’ले यस पटक पनि भव्य कार्यक्रम गर्दैछ । फेसेसले जोडीहरूका लागि ‘सरप्राइज गिफ्ट’ दिने योजना बनाएको छ । ‘फेसेसमा जोडीले सम्झनलायक साँझ बिताउन पाउने फेसेसका ओमलाल अकेलाले बताए । ‘सोल मेट’ नाम दिइएको पार्टी आयोजना गरिने जानकारी अकेलाले दिएका छन् । जोडीलाई विशेष छुट दिने योजना पनि रहेको छ ।
राजधानीको दरबारमार्गमा रहेको भिक्ट्री क्लब, लाउन्ज एन्ड बारले भ्यालेन्सटाइन्स डेमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । आगन्तुक जोडीका लागि विभिन्न उपहार प्रदान गरिने भिक्ट्रीका म्यानेजर विनय डंगोलले बताए । भिक्ट्रीमा आएका जोडीमध्ये उत्कृष्ट जोडी छनोट गर्नेदेखि उत्कृष्ट पहिरन लगाएका जोडी छनोट गर्नेसम्मको कार्यक्रम राखिएको भिक्ट्रीका मनोज श्रेष्ठले जानकारी दिए । भिक्ट्रीमा स्पेसल डिसलाई विशेष छुटका साथ पस्किइने श्रेष्ठले बताए ।
ठमेलस्थित फुलमून रेस्टुरेन्टले सधँैका वर्षझैँ यस पटक पनि भ्यालेन्टाइन्स डेमा विशेष अफर दिने तयारी गरेको छ । स्पेसल डिसलाई विशेष छुटका साथ पस्किइनेछ । जोडीहरूका लागि गुलाब दिएर स्वागत गरिने कार्यक्रम छ । खानाका अर्डर लिन टेबुलमा पुग्ने वेटरले सबैभन्दा पहिला गुलाब दिएर जोडीलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ । विभिन्न उपहार पनि प्रदान गरिने कार्यक्रम छ ।

Leave A Comment