चोर झ्यालमा अड्किएपछि

आइतबार, ०१ फागुन २०७३, १२ : ३३ शुक्रवार , Kathmandu
चोर झ्यालमा अड्किएपछि

बेलायतको उत्तरी भागमा पर्ने रेडक्लिफ शहरमा एक जना चोरले दुई वर्षको कारावास सजाय पाएका छन् । एउटा घरमा चोर्न खोज्दा उनी पक्राउ परेका थिए । यही अपराध गरेबापत उनले सजाय पाएका हुन् ।
सियन क्रस नाम गरेका चोर एउटा दुईतले घरमा चोर्न पस्न खोज्दै थिए । बाथरुमको झ्याल खुला देखेपछि उनी सोही झ्यालबाट घरभित्र पस्न खोज्दै थिए । तर, उनी झ्यालमै अड्किए ।
चोर्न घरभित्र पस्न खोज्दा उनी झ्यालमा अड्किएका छन् । उनी अड्किएको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अड्किरहेको अवस्थामा पक्राउ गरेर प्रहरीले उनलाई जेल हालेको छ । उनलाई झ्यालबाट मु्क्त गर्न प्रहरीलाई २० मिनेट लागेको थियो ।

 

Leave A Comment