रूखभित्र वर्षाैंदेखि आगो

आइतबार, १२ असार २०७३, १२ : २१ शुक्रवार , Kathmandu
रूखभित्र वर्षाैंदेखि आगो

भित्रैदेखि खोक्रो रूख देख्नु नौलो कुरा होइन । तर, रूखमा भित्रैदेखि आफैँ आगो लाग्दै आएको सम्भवतः कतै सुन्नुभएको छैन होला । अमेरिकामा थुप्रै मानिसले यस्तो रूख देख्न पाए ।
अमेरिकाको अर्कान्स प्रान्तस्थित स्प्रिंगडेल क्षेत्रमा एउटा यस्तै रूख वर्षौंदेखि थियो । रूखमा भित्रबाट आफसे आफ आगो दन्किन्थ्यो । वर्षाैंसम्म यसरी नै रूखभित्र बेलाबेलामा आगो दन्किरह्यो । वर्षौंसम्मको आगलागीपछि रूख जलेर दुई खण्डमा विभाजित भयो र अन्त्यमा ढल्न पुग्यो ।
अमेरिकी वन विभागको प्रतिवेदनमा समेत वर्षौंदेखि रूखमा आगो लाग्दै आएको उल्लेख छ । ‘निरन्तरको आगलागीका कारण रूख भित्रबाट पूरै जलेको थियो । रूखभित्र आगो लाग्नु दुर्लभ कुरा हो । यसरी लामो समयसम्म आगो लाग्नु निकै नै आश्चर्यनजक छ,’ प्रतिवेदनमा भनिएको छ । रूखको रहस्य सुल्झाउने गरी विभिन्न अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

Leave A Comment