खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

आइतबार, १२ असार २०७३, १२ : २३ शुक्रवार , Kathmandu
खुल्दै छ नांगाहरूको रेस्टुरेन्ट

जापानमा अर्को महिना नग्न मानिसहरूका निम्ति रेस्टुरेन्ट खुल्दै छ । विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकले मात्रै रेस्टुरेन्टले पस्किने सत्कार ग्रहण गर्न पाउने छन् । रेस्टुरेन्टभित्र पस्नुअघि ग्राहकले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने नियम बसालिएको छ । जापानको राजधानी टोकियोमा जुलाई २९ मा रेस्टुरेन्टको उद्घाटन हुने तय भएको छ ।
‘मोटाइको अनुपात उचाइसँग मिल्दैन भने त्यस्ता मानिसलाई रेस्टुरेन्टभित्र छिर्न दिइने छैन । रेस्टुरेन्टभित्र छिरेपछि पेन्टीलगायत शरीरका जम्मै वस्त्र खोल्नुपर्छ र पूरै नांगो भएर भोजनको स्वाद लिनुपर्छ । रेस्टुरेन्टको सत्कार ग्रहण गर्न आउनेहरूको शरीरमा ट्याटू खोपेको हुनु हुँदैन । त्यस्तै गरी १८ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेरका ग्राहकका लागि पनि रेस्टुरेन्टको ढोका बन्द गरिन्छ,’ होटल स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । रेस्टुरेन्टमा ग्राहकलाई निर्वस्त्र वेटरले खाना पस्किन्छन् वा वस्त्रधारी वेटरले भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।

 

 

 

Leave A Comment