जो खुट्टाले मैनबत्ती बाल्छिन्

शनिबार, १४ फागुन २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
जो खुट्टाले मैनबत्ती बाल्छिन्

मेक्सिकोकी एन्ड्रियाना आइरिनका दुवै हात छैनन् । यस्तो अवस्थामा पनि उनले मैनबत्ती बालेर विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले एक मिनेटमा ११ वटा क्यान्डल बालेकी थिइन् । एउटा खुट्टामा सलाईको खोल र अर्को खुट्टामा सलाईको काँटी च्यापेर कोरेर उनले मैनबत्ती बालेकी हुन् ।
उनी लेखक तथा सामाजिक कार्यकर्ता हुन् । अपांगता भएका व्यक्तिहरूको उत्थानमा सक्रिय छिन् । खुट्टाले उनी लेख्ने, खाना पकाउने, मोबाइल फोनमा कुराकानी गर्ने, कपाल मिलाउने र मेकअप गर्नेसम्म गर्छिन् ।

 

Leave A Comment