गुरुको अर्ती

शनिबार, २१ फागुन २०७३, ०१ : ०५ शुक्रवार , Kathmandu
गुरुको अर्ती

वासुकी रेग्मी, प्रिन्सिपल
चाणक्य उच्च माध्यमिक विद्यालय
–विद्यार्थीले पढाइ अरूको लागि हैन, आफ्नै लागि हो भन्ने सोच्नुपर्छ ।
–समयलाई ध्यानमा दिनुपर्छ । क्षणिक सुख र मनोरञ्जनमा समय बर्बाद गर्नु हुँदैन ।
–चिट चोरेर परीक्षामा त पास भइएला तर जीवनमा कहिल्यै पास भइँदैन । त्यसैले यस्ता नराम्रा काम गर्नु हुँदैन ।
–लेखपढ गर्ने समय यही नै भन्ने छैन । तर, बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।
–समय तालिका बनाएर पढ्ने बानीको विकास गर्नु राम्रो हो ।
–घर फर्किएपछि अनिवार्य गृहकार्य गर्नुपर्छ ।
–विद्यालयबाट उत्तरपुस्तिका पाएपछि आफैँले मूल्यांकन गर्ने, सुधार गर्नुपर्ने कुरामा सुधार गर्दै लैजाने ।

 

Leave A Comment