सुन्तला हानाहान

आइतबार, २२ फागुन २०७३, ०१ : ३० शुक्रवार , Kathmandu
सुन्तला हानाहान

इटालीको शहर इभ्रियामा गत साता मानिसहरूले एकअर्कालाई सुन्तला प्रहार गरे । यस क्रममा  करिब अढाई लाख केजी सुन्तला प्रहार भयो । यद्यपि, यसबाट कोही घाइते भएनन् ।
मध्ययुगीन क्रान्तिको सम्झनामा मानिसले एकअर्कालाई सुन्तला प्रहार गरेका हुन् । धेरै वर्षअघि सो ठाउँमा एक युवतीले आफ्नो गाउँमा दुःख दिन आएको एकजना तानाशाहको टाउको काटिदिएकी थिइन् । उनले तानाशाहको टाउको काटिदिएपछि गाउँलेहरू सबै मिलेर ढुंगा हान्दै तानाशाहका सैनिकलाई खेदाएका थिए । सोही घटनाको सम्झनामा हरेक वर्ष मानिसहरू भेला भएर ढुंगाको सट्टा एकअर्कालाई सुन्तला प्रहार गरेर सो दिनको सम्झना गर्छन् । यसै क्रममा गत साता इभ्रियामा मानिसहरूले एकअर्कालाई सुन्तला हानाहान गरेका हुन् ।

 

 

Leave A Comment