नांगै घुमिन् मोडल

शनिबार, ०५ चैत २०७३, १२ : २७ शुक्रवार , Kathmandu
नांगै घुमिन् मोडल

अमेरिकी शहर लस एन्जलसस्थित भेनिस बिचमा गत साता एउटी मोडल नांगै घुमिन् । तर, धेरै बेरसम्म कसैले पनि उनी नांगै हिँडेको पत्तो पाएनन् । किनकि, उनले गराएको ‘बडी पेन्ट’ले उनको नग्नतालाई केही हदसम्म छोपिदिएको थियो ।
यसरी धेरैजनालाई झुक्याउने मोडल हुन्, २४ वर्षीया क्रिस्टल इस्टम्यान । बडी पेन्ट आर्टिस्ट ओक्टाभियोस सोलिसले दुई घण्टा लगाएर उनको शरीरमा पेन्ट गरिदिएका थिए । खुट्टामा कालो जुत्ता र फिटिङ खालको रिभिलिङ भेस्ट तथा हाफ ट्राउजरजस्तो आकृति उनले पेन्ट गरिदिएका थिए । जसकारण उनीछेउबाट जानेमध्ये धेरैलाई उनी नांगै हिँडिरहेको भान हुन पाएन ।
‘निर्वस्त्र हिँड्दा पनि सुरुमा कसैले भेउ पाएनन् । पछि बिस्तारै चाल पाए र तन्की–तन्की हेर्न थाले । अरूलाई झुक्याउन पाउँदा साह्रै रमाइलो भयो,’ क्रिस्टलले भनिन् ।

 

Leave A Comment