दाइजो अपुग हुँदा

बिहिबार, १६ असार २०७३, ०५ : ५४ शुक्रवार , Kathmandu
दाइजो अपुग हुँदा

भनेजति दाइजो नल्याउँदा बुहारीलाई पेट्रोल खन्याएर जलाउने अथवा कुटपिट गर्ने सुन्दै आइएको हो  । तर, भारतको एउटा परिवारमा दाइजो पर्याप्त नल्याएको भन्दै एउटा घरले बुहारीलाई नौलो खाले प्रताडना दिएको छ ।
प्रसंग हो भारतीय शहर जयपुरको राजगढ गाउँको । गाउँकी एउटी बुहारीले बिहेमा ५१ हजार भारु कम ल्याएको भन्दै उनको घरका सबै रुष्ट थिए । दाहिजो अपुग भएको भन्दै उनीहरूले जबर्जस्ती ती महिलाको हात र टाउकोमा अनेक गाली खोपिदिएका छन् ।
‘घरका सबै मिलेर महिलालाई बाँधी हातमा अश्लील गाली खोपिदिएका छन् । त्यस्तै, निधारमा ‘मेरो बाउ चोर हो’ लेखिदिएका छन्,’ समाचारमा भनिएको छ ।  तर, समाचारमा पीडित र पीडक दुवैको नाम खुलाइएको छैन ।

Leave A Comment