साक्षी सुगा

बिहिबार, १६ असार २०७३, ०५ : ५६ शुक्रवार , Kathmandu
साक्षी सुगा

अमेरिकामा भएको एउटा हत्यामा कोही साक्षी फेला नपरेपछि घटना हुँदा घटनास्थलमा रहेको एउटा सुगालाई बकाइने भएको छ । अमेरिकी राज्य मिचिगनको एउटा परिवारमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमान्को मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएको नभई हत्या भएको आरोप लगाएर श्रीमतीविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । घटनाको प्रत्यक्षदर्शी कोही फेला नपरेपछि घटना हुँदा घरमै पालिएको सुगालाई बकाइने भएको छ ।
ग्लिना डुराम नाम गरेकी महिलाले श्रीमान् मार्टिनको हत्या गरे÷नगरेको निक्र्योलमा पुग्न सहज होस् भनेर सुगालाई साक्षी बकाउन लागिएको हो । मार्टिनको टाउकामा पाँच गोली दागिएको थियो ।
‘घरबाहिरको मानिसले मार्टिनको हत्या गरेको होला भन्ने सुरुमा लागेको थियो । तर, पछि घरमै ह्यान्डगन फेला परेपछि श्रीमतीकै संलग्नता हुनसक्ने देखियो,’ अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
घटना हुँदा सोही कोठाको पिँजडामा सुगा थियो । ‘सुगा बोल्नसक्ने खालको छ । घटना भएको दिनदेखि सुगाले रुँदै–कराउँदै ‘बिन्ति, मलाई गोली नहान’ भन्न थालेको छ । उसको सहायताले अपराधीको पहिचान हुनसक्ने देखेपछि सुगालाई साक्षी बकाउन लागिएको हो,’ समाचारमा भनिएको छ ।

Leave A Comment