स्क्यानरमा लिंग

बिहिबार, १६ असार २०७३, ०५ : ५८ शुक्रवार
स्क्यानरमा लिंग

अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन् ।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन् ।
‘सुपरमार्केटबाट बाहिर निस्किँदा चेकआउट स्क्यानरमा आफ्ना सामान जाँच गराउनुपर्ने हुन्छ । स्क्यानरमा रहेको सामान राख्ने ठाउँमा ती युवकले थपक्क पेन्ट खोलेर लिंग निकालेर राखे,’ समाचारमा भनिएको छ ।
स्क्यानरमा लिंग राख्दा उनी मुसुमुसु हाँसिरहेका थिए भने वरिपरिका मानिसले असहज महसुस गरिरहेका थिए । ‘लिंग देखाएपछि सुपरमार्केटका कर्मचारीसँग उनको भनाभन भएको थियो । धेरै जोरी खोजे आँखामा पिरो धुलो छर्किदिने चेतावनी सुपरमार्केटका कर्मचारीले दिएपछि उनी बाहिरिएका थिए । केही छिनपछि उनी पुनः सुपरमार्केट फर्किएर झगडा गर्न तम्सिएका थिए,’ समाचारमा भनिएको छ । यद्यपि, ती युवकले  स्क्यानरमा किन लिंग राखे भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।

Leave A Comment