प्रकृति र नग्नताको मिश्रण

बिहिबार, २४ चैत २०७३, ०१ : २२ शुक्रवार , Kathmandu
प्रकृति र नग्नताको मिश्रण

स्विस कलाकार तथा फोटोग्राफर फिलिपो लोकोका तस्बिर चर्चित छन् । उनका तस्बिरमा प्रकृति र मान्छेको नग्नतालाई मिसाइएको हुन्छ । इन्टरनेटमा उनका तस्बिर मन पराइएका छन् ।
सुन्दर प्राकृतिक दृश्यमा उनी नग्न मोडललाई उनी समायोजित गर्छन् । जस्तो, ढुंगामाथि ढुंगाकै रङ शरीरमा पोतिएकी नग्न मोडल बसेकी हुन्छिन् ।
तस्बिरले खिच्ने दृश्यलाई सुन्दर बनाउन फिलिपो सबैभन्दा पहिले परिवेशअनुसार नग्न मोडलको शरीरमा पेन्ट गर्छन् । त्यसपछि मोडललाई यस्तो ठाउँमा खडा गराउँछन्, जहाँ मोडलको नग्नता र परिवेश एकाकार हुन्छन् ।
‘बडी पेन्टिङ’ लाई माध्यम बनाएर कलाकारिता गरिरहेका फिलिपो विभिन्न सामाजिक संस्थालाई सहयोग गरिरहेका छन् । खास गरी, बे्रस्ट क्यान्सर, एचआईभी पीडितलाई सहयोग गर्ने संस्थालाई आफूले कलामार्फत सहयोग गरेको उनले बताए ।

 

Leave A Comment