न्यायिक बाटो खोज्ने कि ?

बुधबार, ३० चैत २०७३, ०१ : १० शुक्रवार , Kathmandu
न्यायिक बाटो खोज्ने कि ?

–डा. विद्यानाथ कोइराला

मोबाइल, टीभी, कम्प्युटर कुनै नहेर । ती नराम्रा कुरा हुन् । शिक्षकले त्यसै भन्यौँ । अभिभावकले त्यही दोहोर्रयायौँ । तर, ती उद्यमी र व्यापारीले विज्ञापन दिएर तिनकै प्रचार गरे । बाबुआमा र दाजुदिदीले तिनैको प्रयोग गरे । हुँदैन हेर्न भन्ने आँखाविज्ञले पनि त्यसै गरे  । मनोवेत्ताले त्यसै गरे  । तिनकै घरमा तिनकै सन्ततिले हेरे । यो दोगलापन किन ?
ब्रेकर २ः चार थरि पुर्खाले बालबालिकालाई अन्याय गर्रयौँ । कुन पुस्ताका कुरा सुनून् तिनले ? पत्याऊन् तिनले ? हामी चारै पुस्ता एकैथलोमा बस्न नमिल्ने हो र ? संवाद गर्नु नहुने हो र ? चारै पुस्ताका कुरामा मात्रै सही थाप्नुपर्ने हो र ? यसको निकास खोज्ने को ? अन्यथा, हाम्रा लहड र विश्वासमा बालबालिकाले दुःख पाएका छैनन् र ?

मीठो जंकफुडः खाऊँ कि नखाऊँ ?
पसलमा चाउचाउ छ । बिस्कुट छ । चिजबल्स छ । कुर्कुरे छ । आकर्षक ढंगले सजाएको । विद्यालयका शिक्षक भन्छन्– यी जंकफुड हुन् । खानु हुन्न । बाबाआमा भन्छन् – कहिलेकाहीँ खाए हुन्छ । बालबालिका खाएर हेर्छन् । अजिनोमोटो हालेको छ । स्वादिलो । खाऊँ खाऊँ लाग्ने । बालबालिका अलमलमा पर्छन् । पैसा भए, पसलेले दिनहुँ खान दिने । बाबाआमाले कहिलकाहीँ खान दिने । स्कुलले खानै नदिने । गर्ने के ? शिक्षक, अभिभावक, पसले, उद्यमी तथा व्यापारीबीच कहिल्यै संवाद भएन । गरेनौँ । गर्न जरुरी पनि ठानेनौँ । यसरी हेर्दा हामी सबै ढिट हौँ । जंकफुड बनाउने उद्योगले अजिनोमोटो छोडेनौँ । अन्य टेस्टमेकर छोडेनौँ । डाक्टरहरूले हाड कमजोर हुन्छ भन्न छोडेनौँ । पसलेले बेच्न छोडेनौँ । शिक्षकले जंकफुड नखाऊँ भन्न छोडेनौँ । बाबाआमाले किनिदिन्नौँ भन्न सकेनौँ । बालबालिकाले नखाऊँ न त भन्न सकेनौँ । आखिर दोषी को ? सजाय किन बालबालिकालाई ? अनावश्यक तनाव किन ? किन जाँदैनौ शिक्षक जंकफुड बनाउने उद्योग बन्द गर्न ? किन जाँदैनौ डाक्टर उद्यमीकहाँ ‘तिमीले यो बेइमानी ग¥यौ’ भन्न ? किन जाँदैनौ बाबुआमा हाम्रा सन्ततिलाई मन्दविष नख्वाऊ भन्न ? भनेको भए जंकफुड के थपे खान योग्य हुन्छ भन्ने पोषणशास्त्री अगाडि आउँथे । बालबालिकाले रहरका कुरा खान पाउँथे । के हेर्छन् बालअधिकारकर्मीहरू ? अनि के सिक्छन् बालबालिकाले ? नैतिक कुरा के हो ? अनैतिक के हो ? हाम्रो शिक्षण के हो ? अभिभावकको शिक्षण । शिक्षकको शिक्षण । बजारको शिक्षण । अरू कसैको शिक्षण ।
रमाइलो डिजिटल साथीः हेरौँ कि नहेरौँ ?
मोबाइल, टीभी, कम्प्युटर कुनै नहेर । ती नराम्रा कुरा हुन् । शिक्षकले त्यसै भन्यौँ । अभिभावकले त्यही दोहो¥यायौँ । तर, ती उद्यमी र व्यापारीले विज्ञापन दिएर तिनकै प्रचार गरे । बाबुआमा र दाजुदिदीले तिनैको प्रयोग गरे । हुँदैन हेर्न भन्ने आँखाविज्ञले पनि त्यसै गरे  । मनोवेत्ताले त्यसै गरे  । तिनकै घरमा तिनकै सन्ततिले हेरे । यो दोगलापन किन ? हेर्नु हँुदैन भने बनाउनेलाई नै रोके हुन्थ्यो । आँखालाई रेडियोधर्मी किरणले असर पार्छ भने असर नपार्ने बनाउन लगाए हुन्थ्यो । हेर्नै नहुने भए आफूले पनि हेर्नु हुँदैनथ्यो । यसरी हेर्दा हामी सबै मिलेर बालबालिकालाई अन्योलमा बाँच्ने शिक्षा दिन्छौँ । अनि भन्छौँ– तनाव लिनु हुन्न । तनाव दिने हामी । तनाव नलिई भन्ने पनि हामी । त्यसैले बालबालिका साखुल्ले हुन जान्दछन् । अगाडि ठिक्क हुने । कोही नहुँदा मोबाइल, टीभी, कम्प्युटर, ट्याबलेट आदिमा झुण्डिने । यहाँ पनि दोष कसको हो ? ती साधन बनाउनेहरूको ? तिनमा रमाइला सफटवेयर हाल्नेहरूको ? हामी किन्ने र आफू हेर्नेहरूको ? ठूलो भएपछि हेरे हुन्छ भनेर लत लगाइदिनेहरूको ? यहाँ पनि हाम्रा शिक्षणमै समस्या छन् कि त ? अहिलेको सिकाइमा आधारित भई बालबालिकालाई दोष्यायौँ । शिक्षणमा पो समस्या हेर्ने कि त ?
स्कूली किताब पढौँ कि बहु किताब पढौँ ?
पुर्खा सुनेर पढ्थे । सुनाउनु किताब हो । सुनेर बुभ्mनु पढाइ हो । छापाखानाको विकासले गर्दा हेरेर पढ्ने किताब आए । अहिले त्यसैमा अडेका छौँ । आफूले किताब पढ्यौँ । अरूले पनि त्यही पढोस् । त्यसैले भन्यौँ– किताब पढ । किताब पढ । अभिभावक त्यसै भन्छौँ । शिक्षक त्यसै भन्छौँ । प्रकाशक त्यही भन्छौँ । व्यापारी त्यसै भन्छौँ । डिजिटल प्रविधिले सुन्ने पढाइ काट्यो । किताब हेर्ने पढाइ काट्यो । सफ्टवेयरमै पढ्ने व्यवस्था ग¥यो । यसरी हेर्दा सुनेर पढ्ने पुर्खालाई रेडियोको पढाइले विस्थापित ग¥यो । हेरेर पढ्नेलाई टेलिभिजनको पढाइले पाखा लगायो । डिजिटल प्रविधिले यी दुवै थरिकालाई एकै ठाउँमा गोलबन्द ग¥यो । मोबाइलमै रेडियो भएजस्तो । टर्चलाइट भएजस्तो । कम्प्युटर भएजस्तो । टेलिभिजन भएजस्तो । ट्याबलेटले गर्दै पढ्दै गर्ने कुरा हालिसक्यो । भोलि टेलिभिजनले त्यही काम गर्ला । यहीँ प्रश्न आँउछ– कुन पुर्खाका कुरा मान्ने बालबालिकाले ? सुनाउने पुर्खाको बुद्धिमा घोक्ने हो त ? ‘सर्वे स्रोतार सावधाना भवन्तु’ भनेर आदेश कुर्ने हो त ? किताब पढ्ने पुर्खाको भनाइमा लागेर किताब थुपार्ने बुद्धि गर्ने हो कि त ? ई–पुस्तकालय धाउने बालबालिका, शिक्षक र अभिभावकलाई के भन्ने हो ? त्यसको अर्थ हो– अहिले चारै पुस्ताले एकसाथ पढाउन थालेका छौँ । कोही सुनाइमा बल दिन्छौँ । कोही पढाइमा । कोही डिजिटलमा । कोही चाहिँ गरेर पढ्नेमा ।
चार थरि पुर्खाले बालबालिकालाई अन्याय ग¥यौँ । कुन पुस्ताका कुरा सुनून् तिनले ? पत्याऊन् तिनले ? हामी चारै पुस्ता एकैथलोमा बस्न नमिल्ने हो र ? संवाद गर्नु नहुने हो र ? चारै पुस्ताका कुरामा मात्रै सही थाप्नुपर्ने हो र ? यसको निकास खोज्ने को ? अन्यथा, हाम्रा लहड र विश्वासमा बालबालिकाले दुःख पाएका छैनन् र ? तनाव भोगेका छैनन् र ? सोच्ने कसले हो ? समाधान कहाँ खोज्ने हो ? शिक्षणमा ? सिकाइमा ? सफटवेयर र हार्डवेयरमा ? पढ्नेहरूको बुद्धिमा ? कागजहीन स्कुल बनाउनेहरूको सोचमा ? कहाँ ?
विषय पढौँ कि विषय खोजौँ ?
मोबाइलमा क्यामेरा, रेडियो, टीभी, कम्प्युटर आदि एकैठाउँमा छन् । यो क्रमले गर्दा भोलिको पुस्ताले रेडियो चिन्दैन । कम्प्युटर जान्दैन । क्यामेरा छुट्याउँदैन । तर, किताबमा भने सामाजिक पढ्छ । स्वास्थ्य पढ्छ । विज्ञान पढ्छ । अर्थशास्त्र पढ्छ । भाषा पढ्छ । अर्थात्, छुट्याएर पढ्छ । छुट्टिएर पढ्छ । त्यसो गर्दा विद्यार्थीले तिनीहरूलाई छुट्टै ठान्छ । के साँच्चै छुट्टै हो त ? कक्षा एकमा विज्ञान र वातावरण भन्नेहरू बीए तहमा पुग्दै जीव विज्ञान, प्राणी विज्ञान भन्न पुग्छौँ । यसको सन्देश हो– विषयगत दक्षता त पछि छुट्टिने हो । रहरमा । एमबीबीएस गर्ने एलोप्याथीका डाक्टरहरूले एमडीपछि मात्रै विज्ञताको कुरा गर्छन् । त्यसो भए प्राथमिक तहमा किन विषयहरू राखेको त ? किताब देखाएर त्यसैको विज्ञान खोजाए हुन्न र ? गणित खोजाउन मिल्दैन र ? भाषा सिकाउनु हुँदैन र ? अर्थात्, बालबालिकालाई विषय भनेको विज्ञताको क्षेत्र रहेछ । पढ्ने त जहाँ पनि रहेछ भने हुन्न र ? जेमा पनि पढ्न मिल्छ भन्नु हुँदैन र ? त्यसो नगर्दा विषय पढाउन आउने शिक्षक बदमास भएनौँ र ? विषयविज्ञले विषय छुट्ट्याउन नजान्ने बालबालिकालाई अन्याय गरेका हैनौँ र ? अप्ठेरोमा पारेका हैनौँ र ? के भन्छौँ– हामी विषयविज्ञ भनिनेहरू ? के भन्छौँ– पाठ्यपुस्तक छाप्नेहरू ? के हामी बालबालिकालाई अन्याय गर्ने प्राणी भएनौँ त ?
अन्योलमै राखौँ कि न्यायिक बाटो खोजौँ ?
माथिका चारवटै अन्योलमा बालबालिकाले गर्ने के ? तिनका अभिभावकले गर्ने के ? शिक्षकले भन्ने के ? को बोल्ने हो ? बालबालिकाले उपलब्ध चिज हेर्न पाउनुपर्छ । छुन पाउनुपर्छ । खान पाउनुपर्छ । त्यसो भए उपलब्ध गराउनेसँगै संवाद गर्ने कि ? विवाद गर्ने कि ? गोरखाको दलित बस्तीका एक जना अम्मली दलितले भनेको सम्झिएँ । उहाँले भन्नुभयो, ‘चुरोट नखाऊ भनेर मलाई किन सम्झाउने नि ? खानु नहुने भए किन बनाएको ? मलाई सम्झाउन जान्नेले किन कारखाना नै बन्द नगराएको ?’ यही कुरा हर अन्योलमा लागू हुन्छ । जंकफुडको उत्पादन नै रोक्ने कि त्यसमा खाँदा स्वास्थ्यवद्र्धक तŒव थप्ने । एउटा कुरा रोजौँ । डिजिटल साथी बन्द गर्ने कि बालबालिकाले हेरे पनि फरक नपर्ने प्रविधि जोड्ने ? निर्णायक बनौँ । एउटै पुस्तक प्रकाशित गर्ने कि थरिथरि पुस्तकबाट प्राप्त ज्ञान जोड्ने ? शिक्षक वा अभिभावकले टुँगो गरौँ । विषयले विद्यार्थीलाई भ्रमित बनायो । शिक्षक पनि त्यही भ्रममा बस्यौँ । यसैले जग बनाउने बेलादेखि नै विषय पढाउने कि ? प्रत्येक पढाइमा विषय खोजाउने ? त्यो कुरा शिक्षक र अभिभावकले मनन गरौँ । यसरी उब्जेका प्रश्न खोज्यौँ भने न्यायिक बाटो भेटिन्छ । कतै सोच्ने कि ?

 

Leave A Comment