मेयर बनिन् पूर्व मिस वल्र्ड

आइतबार, ०३ बैशाख २०७४, १२ : ५२ शुक्रवार , Kathmandu
मेयर बनिन् पूर्व मिस वल्र्ड

जिब्राल्टरको मेयरमा पूर्व मिस वल्र्ड केन लोपेज चुनिएकी छिन् । उनलाई संसारको सबैभन्दा सुन्दर मेयर भनिएको छ । हाल इन्टरनेटमा उनका तस्बिर सर्वत्र फिँजिएका छन् । उनी जिब्राल्टरकी सबैभन्दा कम उमेरमा मेयर बन्ने व्यक्ति पनि भएकी छिन् ।
गत वर्ष छोरीकी आमा बनेकी लोपेज ३० वर्ष पुगिन् । उनले पहिले मिस जिब्राल्टर र त्यसपछि सन् २००९ मा मिस वल्र्डको उपाधि जितेकी थिइन् ।
उपमेयरका रूपमा पनि काम गरिसकेकी उनी सौन्दर्य प्रतियोगिता जित्नुअघि सेन्ट बर्नार्ड अस्पतालमा मानव संसाधन क्लर्क थिइन् ।
आफ्नो नयाँ जिम्मेवारीबारे मेयर लोपेजले भनिन्, ‘जिब्राल्टर ब्रेग्जिटका कारण अप्ठ्यारो मोडबाट गुज्रिरहेको छ । मेयरका रूपमा मैले चुनौती सामना गर्नुपर्नेछ ।’
यरोपेली संघबाट ब्रिटेन बाहिरिने निर्णय (ब्रेक्जिट) लाई प्रयोग गरेर स्पेन जिब्राल्टरमा बेलायतको कब्जा समाप्त गर्न चाहन्छ । सन् १७१३ मा एक सम्झौतामार्फत स्पनेले आफ्नो स्वामित्वमा रहेको जिब्राल्टर ब्रिटेनलाई सुम्पिएको थियो ।
करिब ३२ हजार जनसंख्या भएको जिब्राल्टरकी मेयर लोपेजले भनिन्, ‘हामी यहाँ अनिश्चित अवस्थामा छौँ । हामीलाई स्पनेले लामो समयदेखि दबाब दिइरहेको छ । जिब्राल्टरलाई ब्रिटेनबाट सुरक्षा प्राप्त भएको छ । यो ब्रिटेनबाट अलग्गियो भने हाम्रो जीवन बर्बाद हुन सक्छ ।’

Leave A Comment