विज्ञापन विवादमा सनी

शनिबार, ०९ बैशाख २०७४, ११ : ४४ शुक्रवार , Kathmandu
विज्ञापन विवादमा सनी

सनी लियोनी एक विज्ञापनका कारण अप्ठ्यारोमा परेकी छिन् । हालसालै रिलिज भएको कन्डमको विज्ञापनले उनलाई असहज स्थितिमा पारिदिएको हो ।
रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला संगठनले सनीको यस कन्डम विज्ञापनको कडा विरोध गरेको छ । संगठनले विज्ञापन प्रसारण रोक्न माग गरेको छ ।
महिला संगठनकी सचिव शिला गांगुर्देले विज्ञापनको प्रसारण बन्द नभए आन्दोलन गर्ने बताइन् । विज्ञापन हेरेर सम्पूर्ण महिला दशर्कले लज्जा महसुस गर्ने संगठनको भनाइ छ । उसले भनेको छ– ‘टीभी च्यानलमा देखाइने यस खालका विज्ञापनले आमा, बहिनी, पत्नी वा छोरीका निम्ति असहज स्थिति सिर्जना गर्छन् । विज्ञापनमा सनी पुरुषलाई कन्डम प्रयोग गर्न अत्यन्त भद्दा तरिकाले उक्साउँछिन् ।’
पार्टीले विज्ञापनमा रोक लगाउन सरकारलाई एक हप्ता समय दिएको छ ।
–एजेन्सी

 

Leave A Comment