टाइटानिक–कोट लिलामी

आइतबार, १७ बैशाख २०७४, ०२ : ०४ शुक्रवार , Kathmandu
टाइटानिक–कोट लिलामी

टाइटानिक जाहाज डुबेको घटना इतिहासमा निकै चर्चित छ । सन् १९१२ मा भएको सो घटनाबारे बनेको फिल्म ‘टाइटानिक’ले ओस्कर अवार्डसमेत पाइसकेको छ । सोही घटनामा परेर बाँच्न सफल एक महिलाले दुर्घटनाका बेला लगाएको ऊनीको कोट अहिले मोटो रकममा लिलाम भएको छ । ती महिला थिइन्, माबेल बेनेट ।
त्यो कोट २ लाख ३२ हजार अमेरिकी डलरमा लिलाम भएको हो । बेलायतका एक व्यक्तिले गोप्य रूपमा ज्याकेट बिक्री गरेका हुन् । उनको नाम खुलाइएको छैन ।
‘टाइटानिक’ जहाजको चालक दलमा थिइन्, माबेल । टाइटानिक डुब्दै गरेपछि उनले लाइफबोटमा चढ्नुअघि एउटा मोटो ज्याकेट जहाजबाट लाइफबोटमा लगेकी थिइन् । त्यही कोटले उनलाई उत्तरी एटलान्टिकको कठांग्रिने जाडोमा बचाएको थियो । ९६ वर्षको उमेरमा सन् १९७४ मा उनको मृत्यु भएको थियो । उनले त्यतिखेर लगाएको ऊनीको ज्याकेट अहिले आएर लिलाम भएको हो ।

Leave A Comment