मनकारी व्यापारी

सोमबार, १८ बैशाख २०७४, ०१ : ५४ शुक्रवार , Kathmandu
मनकारी व्यापारी

भारतीय राज्य गुजरातको सुरत शहरमा हिराको कारोबार गर्दै आएका लक्ष्मीदास बेकरियाले आफ्ना सबै कर्मचारीलाई स्कुटर उपहार दिएका छन् ।
हिरा व्यापारमा उनलाई १ सय २५ कर्मचारीले सघाउँदै आएका थिए ।  सन् २०१० मा उनले हिरा खोजी गरी बिक्री गर्ने व्यवसाय सुरु गरेका थिए । व्यवसायमा लाभ भएपछि खुशी भएर उनले सबै कर्मचारीलाई स्कुटर दिएका हुन् ।
गुजरातका व्यापारीहरूले यस्तो मनकारी काम पहिले पनि गर्दै आएका थिए । यसअघि गुजरातका अर्का हिरा कारोबारी सावजी भाइ ढोलकियाले पनि कर्मचारीहरूलाई चार सय फ्ल्याट र १२ सय ६० वटा कार दिएका थिए । यसका लागि उनले जम्मा ५१ करोड रुपैयाँ खर्च गरेका थिए ।

 

Leave A Comment